×

TUNGOON

जनताको समस्याबारे बहसगर्ने थलो संसद्भित्रको गतिरोध चाँडो अन्त्य हुनुपर्छ –रामचन्द्र पौडेल


काठमाडौं । फागुन २२ गते
संसद्भित्रको गतिरोध चाँडो अन्त्य हुनुपर्ने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनु भएको छ । नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनको आठौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उनले जनताको समस्याबारे बहस र छलफल गर्ने थलो संसद्भित्रको गतिरोध चाँडो अन्त्य हुनुपर्ने बताउनु भएको हो ।पूर्वसभामुखसमेत रहनु भएका पौडेलले लामो समयसम्म संसद् अवरोध गर्दा जनताका धेरै समस्या अड्किएर बसेको बताउनु भएको छ ।

निजामती कर्मचारी ऐन दुई वर्षदेखि संसद्मा अड्किएर बस्नु दुःखद् भएको उहाँको भनाइ थियो ।वरिष्ठ नेता पौडेलले संघीय तहका कर्मचारी प्रदेश वा स्थानीय तहमा र प्रदेश वा स्थानीय तहका कर्मचारी संघीय आवश्यक परेमा सरुवा आउन जान पाउने गरी ऐन आउनुपर्ने उल्लेख गर्नु भएको थियो । उहाँले पेशागत हक र अधिकारको सुनिश्चित गर्दै जनताको सेवामा लाग्न सम्पूर्ण कर्मचारीलाई आग्रहसमेत गर्नु भएको थियो । ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला