×

TUNGOON

माओवादी केन्द्रीय समितिको बैठक बस्दै , यस्ता छन् मुख्य एजेण्डा


काठमाडौं । फागुन २३ गते
आज सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक बस्दैछ । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले पनि निरन्तरता पाउने भएको हो। शुक्रबार राष्ट्रिय सभा गृहमा सुरु माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक दोस्रो दिन आइतबार  बत्तिसपुलतीस्थित अनुपम फुडल्यान्डमा बसेको थियो।

आज तेस्रो दिन पनि बैठक त्यही ठाउँमा बिहान ११ बजे बस्ने पार्टीका पूर्वस्थायी कमिटीका सदस्यसमेत रहेका केन्द्रीय सदस्य गणेश साहले जानकारी दिए। उनका अनुसार आजको बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिनेछ। माओवादी केन्द्रका अर्का नेता शक्ति बस्नेतका अनुसार आज बस्ने केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य थपका साथै नेताहरूको कार्यविभाजनबारे पनि छलफल हुनेछ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला