×

TUNGOON

आज सुनको मुल्यमा बृद्धि,प्रतितोला १ लाख ३ हजार पुग्यो


काठमाडौं । फागुन २३ गते
नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढेर प्रतितोला १ लाख ३ हजार पुगेको छ ।आज छापावाल सुनको मूल्य ११ सय रुपैयाँले बढेर १ लाख ३ हजार रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महांघले जनाएको छ ।आइतबार छापावाल सुन प्रतितोला १ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला ११०० रुपैयाँले बढेर १ लाख २ हजार ५०० रुपैयाँ पुगेको छ ।आज चाँदीको मूल्यमा पनि प्रतितोला १० रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ । आइतबार १४१५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १४२५ रुपैयाँ प्रतितोला पुगेको हो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला