×

TUNGOON

आजको राशिफल


काठमाडौं । फागुन २४ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने वित्तिय संस्थाबाट सहयोग पाइने तथा आँटेको र ताकेको कार्य पुरा हुनुका साथै राज्यबाट मान सम्मान पाइनेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज आफूलाई कमजोर भएको अनुभूति हुने योग रहेको छ भने महत्त्वपूर्ण अवसर गुम्ने तथा कष्टकर यात्रा गर्नुपर्ला, तर वैदेशिक क्षेत्रको कार्य सहजै अघि बढ्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज सामाजिक क्षेत्रमा सफलता मिल्ने योग रहेको छ भने वैदेशिक कार्य अघि बढ्ने तथा कार्य सम्पादनमा सहजता मिल्नुका साथै सफल यात्रा पनि हुनेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउने योग रहेको छ भने नयाँ कार्यको योजना बन्ने तथा साहित्यिक क्षेत्रमा रुचि बढ्ने र धार्मिक यात्राको योग पनि छ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज मनोरञ्जनमा सहभागी भइनुका साथै बन्धु बान्धवबाट सहयोग मिल्ने तथा जोशजाँगर र हिम्मत बढ्ने र पारिवारिक सद्भाव पनि बढ्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज पढाइमा बाधा आउने योग रहेको छ भने यात्रामा सावधानी अपनाउनु पर्ने तथा तर जग्गाजमिनको कारोबार र सेयरबजारबाट राम्रो प्रतिफल मिल्नेछ ।

तुला
तुला ९रा, रि, रु, रे, रो, ता, ति, तु, ते० आज प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । सामाजिक क्षेत्रबाट सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आफन्तको सहयोग प्राप्त हुने योग रहेको छ भने आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनुका साथै अचल सम्पत्ति हात पर्ने योग छ तथा शुभ समाचार पनि सुन्न पाइएला ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ भने परिवारमा सुख सन्तोष छाउने तथा स्वादिष्ट भोजन पनि पाइनेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज मन खिन्न हुने स्थिति आउने योग रहेको छ भने अनावश्यक झमेलामा परिनुका साथै विविध समस्या खेप्नु पर्नेछ, तर साँझमा शुभ समाचार सुन्न पाइनेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज लगनशीलताले कामहरू अगाडि बढ्ने योग रहेको छ भने वित्तिय संस्थाबाट सहयोग पाइने तथा प्रेमीको सहयोग पाइनेछ । आत्मिक सन्तुष्टि पनि मिल्नेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज धार्मिक तथा समाजसेवामा मन लाग्ने योग रहेको छ भने न्यायिक कार्यमा सफलता मिल्ने तथा शुभकार्यको चर्चा चल्नुका साथै राज्यबाट सहयोग पनि मिल्नेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला