×

TUNGOON

आज कांग्रेस धनुषाको सभापतिमा कुनै उम्मेदवारले ५१ प्रतिशत नल्याएपछि दोस्रो चरणमा मतदान हुँदै


काठमाडौं । फागुन २५ गते
आज नेपाली कांग्रेस धनुषा जिल्लाको सभापति पदका लागि दोस्रो चरणमा मतदान हुँदै छ । कांग्रेस धनुषा जिल्लाको सभापति पदका लागि भएको मतदानमा कुनै उम्मेदवारले पनि ५१ प्रतिशत मत नल्याएपछि पुनः दोस्रो चरणमा मतदान हुने भएको हो । तीन जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो।

कुल दुई हजार नौ सय १२ मत खसेकोमा नेता विमलेन्द्र निधि पक्षका योगेन्द्र पजियारले एक हजार दुई सय ४८, शेरबहादुर देउवा पक्षका सन्तोषकुमार यादवले आठ सय ८३ र शेखर कोइराला पक्षका दिनेशप्रसाद प्रसैला यादवले ६ सय ३० मत ल्याएका छन्।योसँगै अब दोस्रो चरणको चुनावका लागि पहिलो चरणमा सर्वाधिक मत ल्याउने पजियार र यादवबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो चरणको मतदान भोलि बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला