×

TUNGOON

नागरिकको घरघरमा पुगेर वास्तविकता बुझाउँदै कांग्रेसलाई जिताउन लाग्नुपर्छ – प्रकाशमान सिंह


काठमाडौं । फागुन २५ गते
नेपालको हितका लागि आवश्यक रहेका कारण पार्टीले प्रतिपक्षमा हुँदा पनि अमेरिकी सहायता परियोजना एमसिसीको वकालत गरेको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बताउनु भएको छ । आज बिहान काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत महानगरपालिका–३१ को शंखमुलमा आयोजित बुथ कार्यसमिति गठन समारोह सम्बोधन गर्दै उहाँले एमसिसी नेपालको हितका लागि आवश्यक भएका कारण वकालत गरिएको बताउनु भएको छ ।

उहाँले एमसिसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्‍याउने काममा लगानी हुन थालेका कारण, नेपालको आवश्यकताअनुसार डिजाइन गरेका कारण नेपालको हितमा रहेको हुनाले आवश्यक छ भनेर कांग्रेसले सरकार र विपक्षमा हुँदा वकालत गरेर हिँडेको जिकिर गर्नु भएको छ । उहाँले सरकारमा हुँदा एउटा र सरकारबाट बाहिरिएपछि अर्को कुरा गर्न नमिल्ने पनि जिकिर गर्नु भएको छ । एमसिसीका बारेमा राष्ट्रघाती भनेर गलत प्रचार गरिएको र राष्ट्रघाती भए संघीय संसदबाट पास हुन्थ्यो त भन्दै प्रश्न गर्नु भएको छ ।

उहाँले सरकारमा रहँदा अगाडि बढाउने, सरकारबाट हटिसकेपछि विरोध गर्न थाल्ने आरोप लगाउनु भएको छ । उनले एमसिसीका बारेमा भ्रम छर्नेहरूले हुँदै नभएको कुरा गरेर इन्डो–प्यासिफिक रणनीतिसँग जोडेको प्रति आपत्ति जनाउनु भएको छ । उहाँले नेपालको परराष्ट्र नीति असंलग्न नीतिमा आधारित भएकाले यसलाई आफुहरुले नछाडेको उल्लेख गर्नु भएको छ । उहाँले अब पार्टीका सबै नेता कार्यकर्ताहरूले नागरिकको घरघरमा पुगेर वास्तविकता बुझाउँदै कांग्रेसलाई जिताउन लाग्न पर्ने बताउनु भउको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला