×

TUNGOON

आफूहरूले निर्माण गरेको एमाले ओलीको कब्जामा पुगेपछि पार्टीमा रहिरहने अवस्था बनेन –माधव कुमार नेपाल


काठमाडौं । फागुन २५ गते
आफूहरूले निर्माण गरेको नेकपा एमाले केपी ओलीको कब्जामा पुगेपछि विद्रोह गर्नुपरेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बताउनु भएको छ । आजबाट सुरू भएको नेकपा एसको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीसँग आत्मसमर्पण गर्ने कि विद्रोह गर्ने भन्ने दुईमात्र विकल्प रहेकाले आफूहरूले भदौ ९ गते विद्रोह गरेर नयाँ पार्टी दर्ता गरेको बताउनु भएको हो ।

उहाँले आफुहरले निर्माण गरेको नेकपा एमाले केपी ओलीको कब्जामा पुगेको र कब्जामा पुगिसकेको पार्टीमा रहिरहने अवस्था नबनेको जिकिर गर्नु भएको छ । उहाँले आफुहरु केपी ओलीको आदेश पालक बन्नुपर्थ्यो या विद्रोह त्यसैले आफुहरुले दक्षिणपन्थी अवसरवादी बाटो अस्वीकार गरेको बताउनु भएको छ । विद्रोहको सुरूआत २०७७ चैत ४ र ५ गते राष्ट्रिय भेलाबाटै भएको उहाँले बताउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला