×

TUNGOON

हेनुहोस् आजको राशिफल


काठमाडौं । फागुन २६ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज स्थान परिवर्तनका विशेष योग रहेको छ भने मनोरञ्जनमा सहभागी भइनुका साथै रोकिएको धन हात पर्नेछ, तर साँझमा पैसा खर्च हुने योग छ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्ने योग रहेको छ भने मनमा उत्साहका साथै बोली बिक्ने समय रहेको छ भने व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पनुपर्ने घरायसी झमेलामा परिने योग रहेको छ भने दिनको उत्तरार्धमा भने धन लाभ हुनसक्छ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज घुमघाम र सफल भ्रमणमा दिन बित्ने योग रहेको छ भने सामाजिक कार्यमा सफलता मिल्ने तथा शेयर बजारको कारोबारबाट लाभ पनि मिल्नेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्ने योग रहेको छ भने विश्वास गरेकाले साथ दिने तथा धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने योग रहेको छ भने आफन्तको सहयोग प्राप्त हुने तथा व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज आफूलाई कमजोर भएको अनुभूति हुने योग रहेको छ भने आत्मबल बढाएर काम गरेमा असफल भइँदैन र मनमा दुबिधा पनि उत्पन्न हुनसक्छ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज स्वादिष्ट भोजन पाईने योग रहेको छ भने वैदेशिक क्षेत्रको काम अघि बढ्ने तथा शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु नै उचित हुनेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने योग रहेको छ भनेनयाँ र शुभ समाचार पनि सुन्न पाइएला ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग रहेको छ भने साथी भाइको भेटघाटले मन प्रफुल्ल रहनु साथै सोचेका काम पूरा हुनेछन् ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज चिताएको कामले तीव्रता लिने योग रहेको छ भने वित्तिय संस्थाबाट सहयोग पाइने तथा वाक्चातुर्यले सङ्कल्प सिद्ध हुनुका साथै शुभ समाचार सुन्नमा आउला ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज लगनशीलताले कामहरू अगाडि बढ्ने योग रहेको छ भने चिताएको कामले तीव्रता लिने तथा धर्मकर्म तथा समाज सेवामा मन पनि लाग्नेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला