×

TUNGOON

राष्ट्रिय हितभन्दा सत्तास्वार्थलाई माथि राख्नु कति ठीक हो भन्दै नेपाललाई बाबुराम भट्टराईको प्रश्न


काठमाडौं । फागुन २६ गते
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भनाईप्रति जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले टिप्पणी गर्नु भएको छ । नेता नेपालले पार्टीको अस्तित्व र एमालेले कारबाही गर्न खोजेका १४ सांसदको पद जोगाउनको लागि एमसीसी अघि बढाउन सहयोग गरेको बताउनु भएको थियो ।

उहाँले सो भनाईपछि भट्टराईले राष्ट्रिय हितविपरित भए पास गर्न मिल्छ भन्दै प्रश्न गर्नु भएको छ । आज सामाजिक सञ्जालमार्फत नेता भट्टराईले नेता नेपालमाथि सो प्रश्न गर्नु भएको हो । उहाँले राष्ट्रिय हितभन्दा पार्टीको हित वा सत्तास्वार्थलाई माथि राख्नु कति ठीक हो भन्दै प्रश्न गरेका छन् ।

उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ , एमसीसी अनुदानसम्झौता संसदबाट पारित गरिएको राष्ट्रिय हितमा भएकाले हो कि पास नगरिएको भए सरकारबाट बाहिरिनुपर्थ्यो वा पार्टी नै समाप्त हुन्थ्यो भनेर होरुराष्ट्रिय हितभन्दा पार्टीको हित वा सत्तास्वार्थलाई माथि राख्नु कति ठीक होरुराष्ट्रिय हितविपरित भए पास गर्न मिल्छरुयो कस्तो राजनीति हो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला