×

TUNGOON

संखुवासभामा घाइतेहरुलाई उद्धारका लागि हेलिकोप्टर पठाउन गृहमन्त्री खाँणद्वारा निर्देशन


काठमाडौं । फागुन २६ गते
संखुवासभामा भएको बस दुर्घटनाका घाइतेहरुलाई उद्धारका लागि हेलिकोप्टर पठाउन गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिनु भएको छ । आज बिहान संखुवासभाको मादी नगरपालिका–६ पुलुङस्थित सात घुम्तिमा भएको दुर्घटनाका घाइतेहरुको उद्धारका लागि हेलिकप्टरमार्फत उद्धार गर्न गृहमन्त्री खाँणले निर्देशन दिनु भएको हो ।

गृहमन्त्रीले गृहसचिव टेकनारायण पाण्डे र संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालाई घाइतेहरुको यथासिघ्र उद्धार गर्न निर्देशन दिइएको गृहमन्त्रालयले स्रोतले जनाएको छ ।आज बिहान संखुवासभाबाट धरान जान लागेको यात्रुबाहक बस दुर्घटना भएको थियो । दुर्घटनामा परि हालसम्म १४ जनाको मृत्यु भएको छ भने ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला