×

TUNGOON

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । फागुन २९ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज रमणीय र सुखद् यात्राको योग रहेको छ भने प्रभावकारी बोलीले कार्य सफल हुने तथा वित्तिय संस्थाबाट सहयोग पाइनुका साथै दिनको उत्तरार्ध सुखद् रहनेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्ने योग रहेको छ भने जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नुका साथै शुभ कार्यको चर्चा चल्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
्आज आदर्श व्यक्तिसँग भेटघाट हुने योग रहेको छ भने मनोरञ्जनात्मक कार्यमा सरिक भइने तथा शुभ र नयाँ कार्यको चर्चा चल्नेछ, तर समान सामान हराउन पनि सक्छ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज अनावश्यक ठाउँमा धन खर्च हुनुका साथै यात्रामा मालसामान हराउने तथा कार्य सम्पादनमा समस्या आउने योग रहेको छ भने साँझमा पैसा खर्च हुने योग पनि छ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज शुभ समाचार सुन्न पाइनुका साथै बन्धुबान्धवबाट सहयोग मिल्ने योग रहेको छ भने राजनैतिक कार्यमा सफलता मिल्ने तथा मनमा हर्ष, उमङ्ग र उत्साह पनि रहला ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज नयाँ व्यक्ति सँग भेटघाट हुने योग रहेको छ भने महिला वा मित्रबाट विशेष सहयोग मिल्ने तथा बहुमूल्य वस्तु हात पर्नुका साथै साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज मनमा शान्तिको अनुभूति हुने योग रहेको छ भने सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने तथा कार्य सम्पादनमा सहजता मिल्नुका साथै वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्नुका साथै नजिकैको व्यक्तिले मन दुखाउन सक्ने योग रहेको छ भने सचेत रहनुहोला, तर पनि उमङ्ग र उत्साह यथावत रहनेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज प्रेमीको सहयोग प्राप्त हुने योग रहेको छ भने सामाजिक क्षेत्रमा रुचि बढ्नुका साथै चिन्ता छाडेर चिन्तन गर्ने समय छ र कलासाहित्य तथा सङ्गीतमा मन जानेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुने योग रहेको छ भने शुभकार्यको चर्चा चल्ने तथा सांगीतिक क्षेत्रमा रुचि बढ्नुका साथै सामाजिक कार्यमा मन जानेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने योग रहेको छ भने विशिष्ट व्यक्तिको सहयोग मिल्नुका साथै विद्या र बुद्धिको विकास हुने तथा दाम्पत्य जीवन सुखमय हुनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज आफन्तबाट अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुने योग रहेको छ भने पुराना साथीभाइसित भेटघाट र रमाइलो गरिने तथा सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला