×

TUNGOON

साउदी अरेबियाले एकैदिन ८१ जनालाई दियो मृत्युदण्ड


काठमाडौं । फागुन २९ गते
शनिबार साउदी अरेबियाले एकैदिन सात यमनी र एक सिरियाली नागरिकसहित ८१ जनालाई मृत्युदण्ड दिएको छ। विदेशी आतंकवादी संगठनमा आस्था राखेको आरोपमा उनीहरुलाई मृत्युदण्ड दिइएको सरकारी समाचार एजेन्सी साउदी प्रेसले जनाएको छ। राज्यको आधुनिक इतिहासमा यसलाई नै सबैभन्दा ठूलो सामूहिक मृत्युदण्ड मानिएको छ।

यसअघि २०२१ मा ६७ जना र २०२० मा २७ जनालाई मृत्युदण्ड दिइएको थियो।मत्युदण्ड दिइएका व्यक्ति निर्दोष पुरुष, महिला र बालबालिकाको हत्या र विभिन्न अपराधमा दोषी ठहरिएका सरकारले जनाएको छ। उनीहरु आईएसआईएस, आईएसआईएल, अल कायदा, हुथी जस्ता आतंकवादी संगठनमा सम्बद्ध रहेको पनि सरकारी दाबी छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला