×

TUNGOON

आज नेपाल–युएई संयुक्त समितिको बैठक हुँदै


काठमाडौं । चैत १ गते
आज नेपाल र संयुक्त अरब इमिरेट्सको संयुक्त समिति बैठक यूएईको राजधानी आबुधावीमा हुँदैछ । नेपाल–युएई संयुक्त समितिको बैठक उद्घाटन सत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा .अव्दुलरहमान अव्दुलमानन अल अवारले सम्बोधन गर्नेछन्।उद्घाटन सत्रपछि सुरु हुने प्राविधिक समूहको वैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व मन्त्रालयका सहसचिव राजीव पोखरेलले गर्नेछन् ।

बैठकमा नेपाल र संयुक्त अरब इमिरेट्सबीच सन् २०१९ मा भएको श्रम–सम्झौता कार्यन्वयनबारे समीक्षा हुनेछ भने यसअघि भएको संयुक्त समितिको वैठकका निर्णय कार्यन्वयनको अवस्थाबारे पनि छलफल हुने श्रम मन्त्रालयले जनाएको छ । वैठकमा वैदेशिक रोजगारीका लागि युएई जाने नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य र वीमाको व्यवस्था, सीप विकास, पारिश्रमिक वृद्धि लगायतका बिषयमा पनि छलफल हुनेछ । साथै पर्यटन भिसामा आएर अलपत्र परेका नेपालीहरुको समस्या समाधानबारे पनि वैठकमा छलफल हुनेछ ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला