×

TUNGOON

कम्युनिष्टहरुले राज्यको ढुकुटी रित्याए–पूर्वमन्त्री बलायर


काठमाडौं । चैत १ गते
कम्युनिष्टले नेतृत्व गरेको सरकारले देश लुटेको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायरले आरोप लगाउनु भएको छ । नेपाली कांग्रेस डोटीले ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तरगत बडीकेदारमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले वडादेखि केन्द्रसम्म कम्युनिष्टले लुटेको बताउनु भएको हो । उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीका टुक्का र कम्युनिष्टहरुको लुटका कारण देश संकटमा परेको बताउँदै सभापति बलायरले कम्युनिष्टहरुले राज्यको ढुकुटी रित्याएको बताउनु भएको छ ।

कम्युनिष्ट नेतृत्वको तीनै तहको सरकारले गरेको लुट, भ्रष्टाचारको पर्दाफास गर्नका लागि भए पनि कांग्रेसले चुनाव जित्नु पर्ने उहाँको भनाइ छ । सभापति बलायरले कम्युनिष्ट पार्टीहरुलाई दोकानदार (व्यापारी) को संज्ञा दिदै राष्ट्रको, जनताको सम्पत्तिको व्यापार गरेको आरोप लगाउनु भएको छ ।कांग्रेसले जितेका पालिकामा भ्रष्टाचार भएको कसैले प्रमाणित गरे आफूहरु राजनीति त्याग्न तयार रहेको बलायरले बताउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला