×

TUNGOON

प्रधानमन्त्रीद्वारा सामाजिक अभियन्ता श्रेष्ठले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गरेकोमा बधाई


काठमाडौं । चैत १ गते
सामाजिक अभियन्ता भूमिका श्रेष्ठले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिनु भएको छ । आज समाजिक सञ्जाल मार्फत उहाँले भएको हो । श्रेष्ठलाई समलिङ्गी, उभयलिङ्गी, मध्यलिङ्गी, विपरीत लिङ्गीलगायत समुदायको हकअधिकारका निम्ति अथक प्रयास गरेवापत अमेरिकी विदेश मन्त्रालयले अधिकारकर्मी उक्त पुरस्कार प्रदान गरेको हो ।नेपालीले यो प्रतिष्ठित पुरस्कार जितेको यो लगातार दोस्रो वर्ष हो ।

प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेख्नु भएको छ , एलजिबिटिक्युआई प्लस समुदायको अधिकारका लागि तपाईँले गर्नुभएको अथक वकालतका निम्ति अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड जित्नुभएकोमा हार्दिक बधाई ।’

 

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला