×

TUNGOON

गठबन्धनलाई तीनै तहको निर्वाचनसम्म अगाडि लिएर जाने प्रचण्डको भनाई


काठमाडौं । चैत १ गते
स्थानीय चुनावमा मात्र नभई तीनै तहको चुनावसम्म गठबन्धन कायमै रहने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनु भएको छ ।माओवादीले गठबन्धनलाई पहिलो प्राथमिकता भने नठानेको उहाँको भनाई छ । उहाँले शीर्ष नेताहरूबीच तीनै तहको चुनावमा तालमेल गर्नेमा द्विविधा नरहेको बताउनु भएको छ । तालमेलको सम्भावना भयो भने गठबन्धनका दलसँगको तालमेललाई नै प्राथमिकता दिएर जाने उहाँको भनाई छ । सुदूरपश्चिम प्रदेशमा सोमबार आयोजित प्रशिक्षणमा प्रचण्डले गठबन्धन दलका शीर्ष नेतृत्वले गठबन्धनलाई तीनै तहको निर्वाचनसम्म अगाडि लिएर जाने कुरामा द्विविधामा नहरेको उनको बताउनु भएको थियो ।

यसैबीच प्रचण्डले एमालेसँग एकता गरेर नेकपा पार्टी बनेपछि माओवादी आन्दोलनलाई समाप्त पार्न देशीविदेशी शक्तिले षडयन्त्र सुरु गरेको बताउनु भएको थियो । माओवादी जनयुद्धुको बलमा प्राप्त सङ्घीय समानुपातिक उपलब्धिलाई उल्ट्याउने सेटिङअन्तर्गत षडयन्त्र भएको बताउँदै उहाँले नेकपा एमालेका अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री केपी ओलीले ठूलो षडयन्त्रअन्तर्गत संसद् विघटन गरेको दाबी गर्नु भएको थियो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला