×

TUNGOON

आजदेखि छ्याङ्दी हाइड्रोपावरले सेयर लिलामी गर्दे


काठमाडौं । चैत १ गते
आजदेखि छ्याङ्दी हाइड्रोपावर कम्पनीले अवितरित हकप्रद सेयर लिलाममी गर्ने भएको छ ।कम्पनीले माघ ११ गतेदेखि फागुन २ गतेसम्म निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ५९ हजार ८ सय २७ कित्ता हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो । उक्त सेयरमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसस्थाले चैत्र ९ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।लगानीकर्ताले न्युनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । त्यसैगरी, उक्त सेयरको बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटल लिमिटेडले गरेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला