×

TUNGOON

आज सुनको मुल्य एकैदिन तोलामा १८ सय रुपैयाँले घट्यो


 

काठमाडौं । चैत १ गते
आज नेपाली सुनचाँदी बजारमा एकैदिन सुन तोलामा १८ सय रुपैयाँले घटेको छ । सोमबार तोलामा १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर १ लाख ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन तोलामा १ लाख रुपैयाँमा कारोबार भएको छ । यसैबीच आजचाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १४१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर तोलामा १३८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला