×

TUNGOON

नेपालले आईसीसी क्रिकेट विश्वकपमा पीएनजीको सामना गर्दै


काठमाडौं । चैत २ गते
आज नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको एकदिवसीय सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।युएईको सारजाहमा नेपालले पीएनजीको सामना गर्नेछ । लिग टु अन्तर्गत ७ टिम सहभागि रहेका छन् । नेपाल र पीएनजीबीचको खेल नेपाली समय अनुसार बिहान ११.१५ बजे सुरु हुनेछ ।सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पीएनजीलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । पीएनजी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने योजनामा रहेको छ ।

 

नेपालले यस अघि पीएनजीविरुद्ध दुई एकदिवसीय खेल खेलेको छ । दुबै खेलमा नेपालले जित निकालेको छ । जसको कारण पनि नेपाल उच्च मनोबलसहित मैदान उत्रनेछ ।नेपालले करिब ६ महिनापछि एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्न लागेको हो । नेपालले अन्तिम पटक गत भदौमा एकदिवसीय अन्तराष्ट्रिय खेलेको थियो ।तर, नेपालले सिरिजको तयारीका लागि श्रीलंकामा ४ अभ्यास खेल खेलेको थियो ।

जसमा नेपालले ३ खेल जित्दा अन्तिम खेलमा पराजित भएको थियो ।लिग टु मा नेपालले ८ खेलमा ८ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । अंक विहीन पीएनजी १३ खेल खेल्दै पुछारमा रहेको छ ।नेपालले दोस्रो खेल युएईविरुद्ध मार्च १८ मा खेल्नेछ । यस्तै नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ ।नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला