×

TUNGOON

धार्मिक सद्‍भाव कायम गरेर होली पर्व मनाउन मधेस प्रदेश प्रमुख मिश्रको अपिल


काठमाडौं । चैत २ गते
धार्मिक सद्‍भाव कायम गरेर होली पर्व मनाउन मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले आग्रह गनु भएको छ । मधेस प्रदेश समितिले आयोजना गरेको होली मिलन कार्यक्रममा मिश्रले होली सांस्कृतिक रहेकाले यसलाई धार्मिक सद्‍भाव, भाइचाराको हिसाबले बनाउनुपर्ने बताउनु भएको छ । उहाँले होलीले समाजमा नयाँ जागरण, उत्साह थपियोस् भन्ने कामना गर्नु भएको छ ।

मधेस प्रदेशका पूर्वआन्तरिक मामिला तथा संचारमन्त्री ज्ञानेन्द्रकुमार यादवले समाजमा धार्मिक सद्‍भाव,सामाजिक एकता र समाजमा रहेका विकृति हटाउन ठूलो भूमिका रहेकोको बताउनु भएको छ ।जनता समाजवादी पार्टीका मधेस प्रदेशका संसदीय दलका उपनेता रामअशिष यादवले होली पर्वको शुभकामना दिँदै भाइचाराको पर्व होलीको नाममा हुने विकृतिलाई हटाउनुपर्ने बताउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला