×

TUNGOON

पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्नका लागि सम्पूर्ण नेता, कार्यकर्तालाई धनराज गुरुङको आग्रह


काठमाडौं । चैत २ गते
पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्नका लागि सम्पूर्ण नेता तथा कार्यकर्तालाई नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले निर्देशन दिनुभएको छ ।उहाँले सुनसरीको रामधुनी नगरपालिका–४ स्थित रामधुनी मन्दिरमा नेपाल सांस्कृतिक सङ्घ सुनसरी क्षेत्र नं ४ ले आयोजना गरेको होली मिलन कार्यक्रममा बोल्दै पार्टीको १४औँ महाधिवेशनमा आन्तरिक प्रतिस्पर्धा भए पनि अब एक भएर अगाडि बढ्नुको विकल्प नभएको उल्लेख गर्नुभयो ।

उपसभापति गुरुङले पार्टी भित्रै गुटगत राजनीति हाबी भएको खण्डमा आउने स्थानीय तहको निर्वाचनमा ठूलो क्षतिको सामना गर्नुपर्ने भएकाले त्यसतर्फ सचेत भएर अगाडि बढ्नका लागि नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।उपसभापति गुरुङले स्थानीय तहको निर्वाचनमा पार्टीलाई सबै क्षेत्रमा बहुमत दिलाउने गरी लाग्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो । टिकटका लागि राजधानी धाउने कार्य तत्काल बन्द गरेर मतदाताको मन जित्ने गरी गतिविधि गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला