×

TUNGOON

सत्तासाझेदार दल एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै


काठमाडौं । चैत ३ गते
आज सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक बस्दै छ ।शान्तिनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा विभिन्न सात एजेन्डामा छलफल हुने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकका एजेन्डामा राजनीतिक प्रतिवेदन, जनपरिचालन अभियान, विभागको पूर्णता, पार्टी प्रवेश, घोषणापत्र, प्रचार कार्ययोजना र विविध रहेको छ ।स्थानीय तहको निर्वाचन आउँदो वैशाख ३० गते हुँदै छ । निर्वाचनको घोषणापत्रका विषयमा पार्टीमा छलफल गर्न लागिएको हो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला