×

TUNGOON

बेस्ट फाइनान्सको २५औं वार्षिक साधारण सभा आज हुँदै


काठमाडौं । चैत ४ गते
आज बेस्ट फाइनान्सको २५औं वार्षिक साधारण सभा हुँदैछ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान १२.३० बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीले यस वर्ष शेयरधनीलाई लाभांशको प्रस्ताव भने गरेको छैन । सभाको प्रस्तावमा भविष्यमा अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने तथा प्राप्ति गर्नु परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने रहेको छ ।

सभाको अन्य प्रस्तावमा आर्थिक वर्ष २०७७र७८ को वार्षिक वित्तीय विवरण, नाफा–नोक्सान हिसाब लगायतलाई पारित गर्ने रहेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २० गते (एक दिन)बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा फागुन १९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य भएका छन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला