×

TUNGOON

माओवादीलाई बदनाम गर्न देशी विदेशी शक्ति लागेको प्रचण्डको आरोप


काठमाडौं । चैत ४ गते
माओवादीलाई बदनाम गर्न देशी विदेशी शक्ति लागेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनु भएको छ । उहाँले माओवादीलाई बदनाम बनाउने र नेतृत्वमाथि आक्रमण गर्ने षड्यन्त्र भइरहेको भन्दै कार्यकर्तालाई सचेत रहन आग्रह गर्नु भएको छ । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण तथा भेलालाई बिहीबार बुटवलमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीमाथि बारम्बार आक्रमण भइरहेको बताउनु भएको हो ।

माओवादी पार्टीलाई पटक पटक आक्रमण गरिएको र उक्त क्रम अहिले पनि जारी रहेको उहाँको भनाई छ । अध्यक्ष प्रचण्डले माओवादीमाथि भए–नभएका कुरा गरेर आक्रमण गरिने गरेको गुनासो पोख्नु भएको छ । अहिले पनि माओवादी केन्द्रलाई कमजोर बनाउन विभिन्न शक्ति लागी परेको बताउनु भएको छ ।पहिलो संविधानसभाको निर्वाचनमा सिराहामा भौतिक आक्रमण गर्न खोजिएको प्रसंग उल्लेख गर्दै प्रचण्डले आफूलाई मार्ने योजना बनाएको बताए। त्यतिखेर जनमुक्ति सेनाका कमान्डरले बचाएको उहाँले बताउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला