×

TUNGOON

कस्तो रहला तपाईको दिन ?


काठमाडौं । चैत ८ गते

 

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुने योग रहेको छ भने कला र गलाको प्रभाव बढ्ने तथा मनोरञ्जनमा सहभागिता भइनुका साथै आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज एउटै कामबाट दोहोरो लाभ मिल्ने योग रहेको छ भने वैदेशिक कार्य अघि बढ्नुका साथै धर्मकर्म तथा समाजसेवामा मन लाग्ने तथा आत्मिक सन्तुष्टि मिल्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज पारिवारिक जमघट र मनोरञ्जन कार्य सम्पन्न हुने योग रहेको छ भने लगनशीलताले कामहरू अगाडि बढ्ने तथा कार्य सम्पादनमा सहजता मिल्नेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज हल्लाको भर पर्दा दुख पाइने र गरेका काममा ढिलासुस्ती हुनुका साथै मनमा दुबिधा उत्पन्न हुने तथा दिनको उत्तरार्धमा धन खर्च बढ्नेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज अतिथिका रूपमा सम्मान पाइने योग रहेको छ भने आत्मिक सन्तुष्टि मिल्नुका साथै श्रमको उचित मूल्याङ्कन हुने तथा वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज परिवारजनको साथले नयाँ आशा पलाउनुका साथै दाम, इनाम र प्रतिष्ठा कमाउने योग रहेको छ भने लाभदायक यात्रा र मनोरञ्जन पूर्ण कार्य रहला ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने योग रहेको छ भने शुभकार्यको चर्चा चल्ने तथा अरुलाई प्रभावित पारेर काम बन्नुका साथै साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्ने योग रहेको छ भने मेहनतीहरूका लागि दिन फलदायी नै रहनुका साथै गरेको काममा ढिलासुस्ती हुनेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज सानो प्रयत्नले ठूलो काम सम्पादन हुने योग रहेको छ भने श्रमको उचित मूल्याङ्कन हुने तथा विद्या र बुद्धिको विकास हुनेछ । नयाँ कार्य गर्ने योजना हुनेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज पारिवारिक सद्भाव बढ्ने योग रहेको छ भने नयाँ व्यक्तिसँग भेटघाट हुने तथा मिहिनेत गर्दा प्रगति हुनुका साथै व्यापार व्यवसायबाट लाभ मिल्ने देखिन्न ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
इच्छा र आकाङ्क्षा पूर्ण हुने योग रहेको छ भने मनमा हर्ष छाउने तथा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनुका साथै नयाँ अलङ्कारको प्राप्ति हुनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज मनमा चञ्चलता बढ्नाले गलत निर्णय लिन पुगिएला सचेत रहनु पनेै तथा बोलीको विपरीत अर्थ पनि लाग्नसक्छ अतः संयम रहनु होला ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला