×

TUNGOON

पार्टी मन्त्री हेरफेर गर्ने पक्षमा नरहेको माधव कुमार नेपालको भनाई


काठमाडौं । चैत ८ गते
पार्टीबाट सरकारमा गएका मन्त्रीहरु हेरफेर नहुने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले स्पष्ट पार्नु भएको छ । केही दिन यता एकीकृत समाजवादीले सरकारमा पठाएका मन्त्रीहरु फिर्ता बोलाएर नयाँलाई जिम्मेवारी दिने तयारी गरेको समाचारहरु सार्वजनिक भइरहँदा पार्टी अध्यक्ष नेपालले त्यसमा सत्यता नभएको बताउनु भएको हो ।

सोमबार साँखुमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष नेपालले पार्टी मन्त्री हेरफेर गर्ने पक्षमा नरहेको बताउनु भएको थियो । उहाँले गलत र नियोजित रुपमा हल्ला फिजाइएको बताए । उहाँले कार्यकर्तालाई हल्लाको पछि नलाग्न आग्रह गर्नु भएको थियो । उहाँले बाहिर आएको हल्लाको पछि नलाग्न अजिल गर्नु भएको छ । मन्त्री फेर्दैछन् भन्ने हल्ला चलेपछि आफ्ना पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई कर्मचारीले नटेरेको उहाँको भनाई थियो । उहाँले आफ्ना पार्टीबाट सरकारमा रहेका दुई मन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गएको समाचारहरुमा पनि सत्यता नभएको दाबी गर्नु भएको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला