×

TUNGOON

आज प्रचण्ड र नारायणकाजी जनकपुर प्रस्थान गर्दै


काठमाडौं । चैत ८ गते
आज नेकपा (माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मधेस प्रदेशको राजधानी जनकपुर प्रस्थान गर्दै हुनुहुन्छ । चुनाव केन्द्रित प्रशिक्षण दिन र अगुवा कार्यकर्तासँगको भेटघाटका लागि उनी जनकपुर आउने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

दिउँसो १२ बजे जनकपुरको तिरहुत्तियामा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता, कार्यकर्तालाई स्वागत गर्ने कार्यक्रम रहेको छ भने अध्यक्ष प्रचण्डले मधेस प्रदेशका नेता, कार्यकर्तालाई बेग्लाबेग्लै भेट्ने कार्यक्रमसमेत रहेको केन्द्रीय सदस्य प्रकाश पोखरेलले जानकारी दिनु भएको छ । मधेस प्रदेशका विभिन्न जिल्लाबाट सहभागी अगुवा नेता, कार्यकर्तालाई अध्यक्ष प्रचण्ड र उहाँको साथमा जाने र नेता नारायणकाजी श्रेष्ठले प्रशिक्षण दिने कार्यक्रम छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला