×

TUNGOON

यू–१८ महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र बंगलादेश भिड्दै


काठमाडौं । चैत ९ गते
आज साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपालले बंगलादेशको सामना गर्दैछ ।जमसेदपुरमा नेपालले अन्तिम खेलमा बलियो टोली बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल बेलुका ७.१५ बजे सुरु हुनेछ।आज बंगलादेशलाई हराउँदै नेपाल पहिलो जित निकाल्न चाहन्छ ।

तर, उपाधि दाबेदार बंगालदेशविरुद्ध जित निकाल्न नेपाललाई सहज छैन ।च्याम्पियनसिपको पहिलो भेटमा नेपाल बंगलादेशसँग ४–२ गोल अन्तरले पराजित भएको थियो । नेपाल उक्त हारको बदला लिन चाहन्छ । बंगलादेश भने जितलाई कायम राख्न चाहन्छ ।तीन राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपालले अंक जोड्न सकेको छैन । ३ खेलमा अंक विहीन नेपाल पुछारमा रहेको छ ।च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला