×

TUNGOON

आज नवनियुक्त अध्यक्ष दुजाङ शेर्पाले पदभार सम्हाल्ने


काठमाडौं । चेत ११ गते
आज नेपाल विद्यार्थी संघका नवनियुक्त अध्यक्ष दुजाङ शेर्पाले पदभार सम्हाल्ने भएका छन् ।दिउँसो ११ बजे पूर्वअध्यक्ष राजीव ढुंगानाले एक कार्यक्रमकाबीच शेर्पालाई पदभार हस्तान्तरण गर्ने छन् ।नेपाली कांग्रेसले बुधबार शेर्पालाई नेविसंघको अध्यक्ष नियुक्त गरेको थियो ।

कांग्रेस केन्द्रीय सदस्य समेत रहेका पूर्वअध्यक्ष ढुंगानाले अनामनगरस्थित संघको कार्यालयमा पद हस्तान्तरण गर्ने शेर्पाले जानकारी दिए । अध्यक्ष शेर्पालाई स्थानीय, प्रदेश र संघको निर्वाचन सम्पन्न भएको ३ महिनाभित्र महाधिवेशन गर्ने म्यान्डेट दिइएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला