×

TUNGOON

तमु प्ये ल्हु संघ बेलायतद्वारा भूगोलविद्डा.हर्क गुरुङ प्रतिष्ठानलाई साढे दुई लाख सहयोग


काठमाडौं । चेत ११ गते
तमु प्ये ल्हु संघ बेलायतले भूगोलविद् डा. हर्क गुरुङको स्मृतिमा खोलिएको डा.हर्क गुरुङ प्रतिष्ठानलाई आर्थिक सहयोग गरेको छ ।डा. गुरुङको समाधिस्थल रहेको मर्स्याङदी गाउँपालिका(७ ताङ्लीचोकमा निर्माणाधीन पार्कका लागि तमु प्ये ल्हु संघ बेलायतले २ लाख ५७ हजार ३ सय रुपैयाँ आर्थिक सहयोग गरेको हो । तमु प्ये ल्हु संघ बेलायतका अध्यक्ष रणबहादुर गुरुङले प्रतिष्ठानका अध्यक्ष तिलबहादुर गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

प्रतिष्ठानले डा.हर्क गुरुङको समाधिस्थलमा पार्क निर्माण गर्न लागेको थाहा पाएपछि सहयोग लिएर आएको तमु प्ये ल्हु संघ बेलायतका अध्यक्ष रणबहादुर गुरुङले बताए । गुरुङको स्मृतिमा समाधिसँगै पार्क निर्माण गर्न डिपिआर तयार भइरहेको छ । ताङ्लीचोकमा रहेको समाधिस्थलसँगै पार्क र अन्य संरचना निर्माण गरिने प्रतिष्ठानले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला