×

TUNGOON

चीन अनुदार बन्दा रसुवागढी नाकाबाट व्यापार प्रभावित,मारमा व्यवसायी


काठमाडौं । चेत ११ गते
चीन अनुदार बन्दा रसुवागढी नाकाबाट व्यापार प्रभावित भएको छ । २०७६ माघअघिसम्म नेपाली कन्टेनर रसुवागढी नाका हुँदै चीनको केरुङसम्म पुगेर सामान ल्याउने गर्थे । कोरोनाको कारण देखाउँदै त्यसको करिब ६ महिना बन्द गराएर एकतर्फी नाका सञ्चालन गरेको चीनले अहिले भने रसुवागढीसम्म आफनै गाडीमा सामान ल्याइदिने गरेको छ ।दैनिक दुई सयभन्दा बढी नेपाली सामान ढुवानी गर्ने कन्टेनरको आवतजावत हुने नाका सहज बन्न नसक्दा व्यवसायीहरू समस्यामा परेका छन् । सहज रूपमा नाका सञ्चालन नहुँदा कन्टेनर व्यवसायीहरू मारमा परेको कन्टेनर व्यवसायी रोहित तामाङले बताए । उनले पहिला नाका सहज हुँदा सिधै रसुवागढी हुँदै चीनको केरुङसम्मै गाडी लिएर पुग्ने गरेको र दुई वर्ष हुन लाग्यो नाका चल्न सकेको नसकेको उनको गुनासो छ । उनले अहिले ड्राइभरलाई तलब दिन नसक्ने र किस्ता तिर्न नसकेकाले धेरै गाडीहरू बैकले तानेको बताए ।चीनले रसुवागढी नाकालाई प्राथमिकता दिएसँगै प्रायः व्यवसायीले बैकबाट लाखौ रुपैया ऋण लिई कन्टेनर व्यवसाय सुरु गरेका थिए ।

 

एउटा कन्टेनर खरिदका लागि लिएको ऋणको मासिक ६० हजार त व्यवसायीहरूले किस्ता नै तिर्छन । व्यवसाय सञ्चालन नहुँदा आम्दानी शून्य रहेको छ । अधिकांश व्यवसायीले व्यवसाय सञ्चालन नभएपछि करिब दुई वर्षदेखिको बैकको किस्ता तिर्न सकेका छैनन् । व्यवसायलाई निरन्तरता दिन धौ धौ भएका व्यवसायीलाई बैंकले किस्ता तिर्न आउन ताकेता गरिरहेको गोसाइँकुण्ड गाउँपालिका–५ का कन्टेनर व्यवसायी मिलन तामाङले बताए । ‘२६ लाख बैंकबाट लोन लिएको थिए, लकडाउन नभएको भए त पोहोरकै वैशाखतिर तिरिसकिन्थ्यो, लकडाउनमा व्यवसाय चल्न नसकेको उनको भनाई छ । उनले बैंकको किस्ता बढेको र व्याज पनि सावामा जोडिँदै गएकाले बैकले फोन गर्दा फोन अफ गरेर बस्नुपर्ने अवस्था आएको बताए ।नाका सञ्चालन नहुँदा कन्टेनर बेचेरै भए पनि बैकको किस्ता तिरेको अर्का कन्टेनर व्यवसायी फुर्पा तामाङले बताए । ‘उनले दुईवटा कन्टेनर रहेको र समयमा बैकको किस्ता तिर्न नसक्दा एउटा कन्टेनर बेचेर बैकको किस्ता तिरेको गुनासो पोखे । बैकले व्याज पनि बढाउँदै जाने र एक वर्षमा ६ लाख किस्ता डियुको नौ लाखसम्म पुगेकाले अब पनि नाका नचल्ने बताए ।

कन्टेनर व्यवसायबाटै जीविकोपार्जन चलाएका व्यवसायीहरू नियमित व्यवसाय सञ्चालन नहुँदा विस्थापित भएका छन् । रसुवागढी नाका सञ्चालनमा आएपछि करिब १५ सय कन्टेनर चल्ने गरेका थिए । तर अहिले भने करिब सात सय कन्टेनरले मात्र सामान ढुवानी गर्ने गरेको तथ्यांक छ । बाँकी कन्टेनर, व्यवसायीहरूले बिक्री गरेसँगै अन्यन्त्र ढुवानीमा प्रयोग भएको पाइएको छ । सामान ढुवानीमा लामो समय कुर्नुपर्ने, दुई महिनामा बल्ल बल्ल पालो आउनेलगायतका कारण कन्टेनर व्यवसायमा आश्रित रहेर व्यवसाय गरिरहेकाहरूको व्यवसाय नै प्रभावित भएको अर्का कन्टेनर व्यवसायी छेवाङ सेनाम तामाङले बताए ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला