×

TUNGOON

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षासँगै देशको विकास कांग्रेसले मात्र गर्न सक्छ–सहमहामन्त्री आङ्देम्बे


काठमाडौं । चैत १६ गते
देशमा कम्युनिस्ट पार्टीहरू रक्षात्मक अवस्थामा पुगेको नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले टिप्पणी गरेका छन् ।नेकपा विभाजनपछि छिन्नभिन्न हुँदा रक्षात्मक अवस्थामा पुगेको उनको भनाइ छ ।नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चालाई लक्षित गर्दै आङ्देम्बेले रक्षात्मक अवस्थामा पुग्दा केही कम्युनिस्ट पार्टीलाई कांग्रेसले संरक्षण गर्नुपरेको बताए ।

उनका अनुसार कांग्रेस फेरि एकपटक सर्वाधिक बलियो पार्टी हुने स्थिति पनि आएको छ ।‘घरघर जाऔँ, कांग्रेसलाई जिताऔँ भन्ने अभियान लिएर जनताको घरघर जाँदा कम्युनिस्टहरू रक्षात्मक अवस्थामा देखियो र अब नेपाली कांग्रेस फेरि एकचोटी सर्वाधिक बलियो पार्टी हुने स्थिति आएको बताए । उनले संवैधानिक मुल्य मान्यता र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षासँगै देशको विकास कांग्रेसले मात्र गर्न सक्ने पनि बताए ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला