×

TUNGOON

इजरायलको तेल अविव सहरमा हमला, पाँच जनाको मृत्यु


काठमाडौं । चैत १६ गते
इजरायलको अविव सहरको बाहिरी क्षेत्रमा बन्दुकधारीको आक्रमणमा परी पाँच जनाको मृत्यु भएको छ । घटना देशको सबैभन्दा अति–रूढिवादी यहूदी क्षेत्रमध्ये एकमा भएको इजरायली मिडियाले जनाएका छन् ।गत मंगलबार र आइतबार इजरायली अरबीहरूले आक्रमण गरेपछि सुरक्षा बललाई उच्च सतर्कतामा राखिएको थियो ।

घटनास्थलको फुटेजमा बन्दुकधारी कालो कपडामा देखिएका छन् र उनको हातमा अटोमेटिक बन्दुक छ जसबाट उनीहरूले गोली चलाएका थिए । जेरुसेलम पोस्ट वेबसाइटका अनुसार, एक व्यक्ति कारमा र अन्य नजिकैको सडकमा मृत फेला परेका थिए ।घटनापछि इजरायलका प्रधानमन्त्री नफ्ताली बेनेटले आपतकालीन सुरक्षा बैठक बोलाएका छन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला