×

TUNGOON

आज नेपालले पीएनजीको सामना गर्दै


काठमाडौं । चैत १७ गते
आज नेपालले त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दैछ । घरेलु टोली नेपालले सिरिजको आफ्नो तेस्रो खेलमा पीएनजीसँग खेल्न लागेको हो । त्रिवि क्रिकेट मैदानमा हुने खेल १२.३० मा सुरु हुनेछ ।पीएनजीविरुद्धको खेल नेपालको ५० औं टी–ट्वान्टी अन्तराष्ट्रिय खेल हो ।नेपाल आज पीएनजीलाई हराएर एक खेल अगाबै फाइनल पुग्न चाहन्छ । सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले हराएको थियो ।

नेपाल उक्त जितलाई कायम गर्न चाहन्छ ।यस्तै नेपालले दोस्रो खेलमा बुधबार मलेसियालाई ६ विकेटले हराएको थियो ।नेपाल २ खेलमा लगातार जितसहित ४ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।पीएनजीले दुई खेलमा अंक जोड्न सकेको छैन । पीएनजी पुछारमा रहेको छ ।मलेसिया २ खेलमा २ जित १ हारसँगै २ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ ।टी(ट्वान्टी अन्तर्राष्ट्रियमा नेपाल र पीएनजीबीच २ पटक प्रतिस्पर्धा भएको छ । जसमा नेपाल र पीएनजीले एक एक खेलमा बाजी मारेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला