×

TUNGOON

काठमाडौंमा आजदेखि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव


काठमाडौं । चैत १७ गते
काठमाडौंमा आजदेखि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु हुँदै छ । पाँचौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९निफ० आजदेखि काठमाडौंमा हुँन लागेको हो । चैत २१ गते सम्म चल्ने महोत्सव राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा हुनेछ ।

गत वर्ष चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कोरोनाको कारण अन्तिम समयमा आएर भर्चुअलमा गरिएकोमा यस पटक भौतिक उपस्थितिमा हुन लागेको हो ।निफ अध्यक्ष केपी पाठकका अनुसार ३८ देशका ८९ वटा चलचित्रबीच प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय तथा अन्तराष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुको ७ वटा विधाको प्रतिष्पर्धामा १४ वटा पुरस्कार वितरण गरिनेछ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला