×

TUNGOON

त्रिकोणात्मक टी–ट्वान्टीमा आज नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दै


काठमाडौं । चैत १९ गते
आज त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।त्रिवि क्रिकेट मैदानमा नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । खेल १२.३० मा सुरु हुनेछ ।आज मलेसियालाई हराएर नेपाल लगातार चौंथो जित निकाल्न चाहन्छ । यस्तै अपराजित रहदै फाइनल पुग्न चाहन्छ ।नेपालले ३ खेलमा ६ अंक जोडेको छ । शीर्ष स्थानमा रहेको नेपाल यस अघि नै फाइनल पुगिसकेको छ ।यता, मलेसिया पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ ।

मलेसिया ३ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।मलेसियालाई नेपालविरुद्धको खेल गर या मरको स्थितिमा रहेको छ । जितमा मलेसिया फाइनल पुग्नेछ । हार ब्यहोरेमा मलेसिया बाहिरिनेछ।पपुवा न्युगिनी (पीएनजी) ४ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । मलेसिया पराजित भएमा दोस्रो स्थानमा रहदै पीएनजीले फाइनलमा नेपालको सामना गर्नेछ । सिरिज अन्तर्गत नै यस अघिको पहिलो भेटमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो । नेपाल उक्त जितलाई कायम गर्न चाहन्छ । मलेसिया नेपालविरुद्ध बदला लिन चाहन्छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला