×

TUNGOON

नेत्र कुमार वाईवाद्वारा काभ्रेपलान्चोक सेवा समाज कतारको कोषाध्यक्षको जिम्मेवारी दिएकोमा आभार प्रकट


२० चैत ०७८, काठमाडौं ।
काभ्रेपलान्चोक सेवा समाज कतारको तेस्रो अधिबेशन गत शुक्रवार सम्पन्न गरिएको छ । प्रवासी काभ्रेली एक हौं,प्रवासमा काभ्रेली कोहि कतै नछुटौं भन्ने मुल नाराका साथ २०१६ मा स्थापना भएको काभ्रेपलान्चोक सेवा समाज कतारको अधिबेशन सफारी हाईपर नजिक कराँची रेस्टुरेन्टमा भब्य रुपमा सम्पन्न गरिएको हो । संस्थाले भर्खरै सम्पन्न गरेको तेस्रो अधिवेशनद्वारा पुर्ण लामाको अध्यक्षतामा गठित नयाँ कार्यसमितीमा आफुलाई समाजले बिश्वास गरी कोषाध्यक्षको जिम्मेवारी प्रदान गर्ने संस्थाका अग्रज, निबर्तमन अध्यक्ष ,सदस्यहरु प्रति नवनियुक्त कोषाध्यक्ष नेत्र कुमार वाईवाले आभार व्यक्त गर्नु भएको छ । उहाँले आफुलाई बिश्वास गरी दिएको जिम्मेवारी ईमान्दारीताका साथ बहन गर्ने जिकिर गर्नु भएको छ ।संस्थाको उन्नती,प्रगतीका लागि आफुले सक्दो प्रयास गर्ने उहाँको भनाई छ । यो अवसरले सामाजिक कार्यको यात्रामा अगाडी बढ्न थप प्रेरित गरेको उहाँको भनाई छ ।

उहाँले उक्त कार्यक्रमलाई सफल पार्नको लागि निमन्त्रणालाई सहर्ष स्विकार्दै प्रमुख अतिथिको रुपमा पाल्नु भएका गैराआवाशिय राष्ट्रिय समन्वय परिषद कतारको द्वितीय उपाध्यक्ष श्री प्रेम चलाउने ज्यू,विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ कतारको उपमहासचिव श्री धिरेन तामाङ ,नेपाल पत्रकार महासंघ शाखा कतारको अध्यक्ष श्री करिम बक्स मिया ,ताम्सालिङ टिभी.कम.को प्रबन्धक निर्देशक श्री प्रदिप थिङ ज्यू,पत्रकार महासंघ कतारको सचिव श्री दिनेश मानन्धर ,नेपाल प्रवासी तामाङ समाज कतारको अध्यक्ष श्री सुबास तामाङ ,नेपाल तामाङ घेदुङ प्रवास शाखा कतारको बरिस्ठ उपाध्यक्ष श्री वाङ्जु लामा ,म्हेन्दोमाया समाज कतारको महासचिव श्री ब.पाख्रीन ,३ नं प्रदेश समन्वय परिषद कतारको महासचिव श्री कबिन्द्र कँडेल ,गण्डकी प्रदेश समन्वय परिषदको प्रतिनिधि ,नेपाली महिला समाज कतारको सदस्य श्रीमती गिता पुन ,रामेछाप सेवा समाज कतारको अध्यक्ष श्री ललित कुमार तामाङ ,झापाली समाज कतारको प्रतिनिधि,चितवन सेवा समाक कतारको प्रतिनिधि ,सँगम सेवा समाज कतारको अध्यक्ष श्री कान्छा लामा ज्यू लगायत समाजलाई यो अवस्था सम्म ल्याई पुर्याउन आर्थिक,भौतिक,नैतिकता रुपले सहयोग गर्नु हुने पुर्व तथा निवर्तमान पदाधिकारीहरु,संस्थापक तथा संरक्षक, सल्लाहकारहरु सदस्यज्युहरु बुद्धीजिवी एवं सम्पूर्ण काभ्रेपलान्चोक सेवा समाजलाई माया गरिरहनुहुने काभ्रेली तथा गैर काभ्रेली दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक आभार प्रकट गर्नु भएको छ । आफुले आगामी दिनमा पनि निरन्तर सल्लाह सुझाव सहयोगको अपेक्षा राखेको बताउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला