×

TUNGOON

आफूलाई सत्ताच्युत गरे विपक्षीको सरकारलाई मान्यता नदिने –प्रधानमन्त्री इमरान खान


काठमाडौं । चैत २६ गते
आफूलाई सत्ताच्युत गरे विपक्षीको सरकारलाई मान्यता नदिने पाकिस्तानका प्रधानमन्त्री इमरान खानले चेतावनी दिएका छन् । प्रधानमन्त्री खानविरुद्ध संसदमा दायर भएको अविश्वासको प्रस्तावमाथि मतदान हुनु केही समयअघि खानको यस्तो चेतावनी आएको हो ।

प्रधानमन्त्री खानले सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने बताएका छन् । यसअघि शुक्रबार सर्वोच्च अदालतले प्रधानमन्त्रीको सिफारिसमा राष्टपतिले गरेको संसद विघटनलाई बदर गरिदिएको थियो । सर्वोच्चले संसद पुनस्र्थापना गर्दै संसदमा प्रधानमन्त्रीविरुद्ध पेस भएको अविस्वासको प्रस्तावमा मतदान पक्रिया अगाडि बढाउनसमेत आदेश दिएको थियो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला