×

TUNGOON

टाइफाइडविरुद्धको खोप दुई चरणमा लगाइदै जाजरकोटमा


काठमाडौं । चैत २६ गते
जाजरकोटमा टाइफाइडविरुद्धको खोप दुई चरणमा लगाइने भएको छ । पहिलो चरणमा आज शनिबारदेखि ४ वैशाखसम्म भेरी नगरपालिका, नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा सञ्चालन हुने भएको छ । दोस्रो चरणमा आइतबारबाट ९ वैशाखसम्म नलगाड नगरपालिका, शिवालय गाउँपालिका, जुनीचाँदे गाउँपालिका र कुशे गाउँपालिका खोप अभियान चल्नेछ ।शुक्रबार कुदुबाट टाइफाइडविरुद्धको खोप अभियानको शुभारम्भ गरिएको थियो ।

भगवती माविमा आयोजित कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावल र स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख नवराज कँडेलले खोप अभियानको शुभारम्भ गरेका थिए ।सरकारले १५ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई यो खोप अभियानमा समेट्ने लक्ष्य लिएको छ । जाजरकोटका सात पालिकाका उक्त उमेर समुहका ७६ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी भएको कार्यालय प्रमुख कँडेलले बताए ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला