×

TUNGOON

उम्मेदवारी सिफारिस गर्दा रकम नलिन कांग्रेसद्वारा निर्देशन जारी


काठमाडौं । चैत २८ गते
आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका विभिन्न पदका लागि उम्मेदवारको सिफारिस गर्दा पार्टीको विधानबमोजिम बाहेक अन्य कुनै पनि रकम नलिन निर्देशन जारी गरेको छ।

कांग्रेसले आइतबार सबै जिल्ला कार्यसमितिलाई एक सर्कुलर जारी गर्दै विधानबमोजिम पार्टीको क्रियाशील सदस्यता, लाभको पदमा रहेको पार्टी सदस्यले पार्टीलाई बुझाउनु पर्ने सदस्यता शुल्क तथा सहयोग रकम (लेवी) बाहेक अन्य कुनै पनि रकम लिन र उठाउन नमिल्ने व्यवस्था रहेको स्पष्ट पारेको छ।

सो व्यवस्था विपरीत केही जिल्लाअन्तर्गत मातहतका पार्टी निकायबाट उम्मेदवारको सिफारिस गर्दा नगद रकम माग गरिएको भन्ने जानकारी आएपछि सो सर्कुलर गरिएको पार्टी कार्यालय मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनु भउको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला