×

TUNGOON

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । चैत २९ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज धर्मकर्म तथा समाजसेवामा मन लाग्ने योग रहेको छ भने सफल यात्राको योग छ, तर स्वास्थ्य प्रति भने सजगता अपनाउनु पर्नेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज पुरानो समस्या सुल्झाउन सकिने योग रहेको छ भने देश र सामाजिक हितमा मन जाने तथा अध्ययन र अध्यापनको कार्य अघि बढ्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज ठीक समयमा सही निर्णय लिन सकिने योग रहेको छ भने राजनैतिक क्षेत्रमा सफलता मिल्ने तथा व्यापार व्यवसायमा भने त्यति राम्रो नहोला ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज भाग्यले विभिन्न अवसर जुराउने योग रहेको छ भने कुनै कुराले मनमा शान्ति छाउने तथा साहित्य र मनोरञ्जनमा रुचि बढ्नेछ ।

सिंह
सिंह ९मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज सामान हराउने वा चोरी हुने सम्भावना रहेको छ भने साझेदारी काममा उल्झन आउने तथा स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ ।

कन्या
कन्या ९टो, पा, पि, पु, ष, ण, ठ, पे, पो० रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । राजनैतिक क्षेत्रमा सफलता पाइएला ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज महत्त्वपूर्ण कामको योजना बन्ने तथा सामाजिक क्षेत्रबाट सफलता पाइनुका साथै आफ्नो परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज नयाँ अवसरहरू आउनाले मन प्रसन्न रहने योग रहेको छ भने स्वादिष्ट भोजनको पाउनुका साथै साथीभाइहरूले पनि राम्रै सहयोग जुटाउनेछन् ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नकिनुका साथै सहकर्मीबाट विरोध पनि आउने तथा खर्चसमेत बढ्ने योग छ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने योग रहेको छ भने धार्मिक र सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने तथा पुराना योजना बिस्तारै अघि बढ्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज अरुलाई प्रभावित पारेर काम बन्ने योग रहेको छ भने न्यायिक कार्यमा सफलता मिल्ने तथा तर व्यापार व्यवसायबाट धनलाभ भने हुनेछैन ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज धैर्य एवं लगनशीलताले अवसर दिलाउने योग रहेको छ भने प्रेम सम्बन्ध अझै कसिलो हुने तथा विद्या र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला