×

TUNGOON

आज सत्ता गठबन्धनको बैठक बस्दै, चुनावी तालमेलको मोडालिटी बारे छलफल गर्ने


काठमाडौं । चैत २९ गते
आज चुनावी तालमेलको मोडालिटी टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक बस्दैछ । आगामी वैशाख ३० गते हुने पालिका चुनावमा तालमेल गर्ने निर्णय गरिसकेका गठबन्धनका शीर्ष नेताले हिजो विश्वासको वातावरण बनाउन नेता कार्यकर्तालाई आग्रह गर्दै संयुक्त अपिल जारी गरेका थिए ।

७ सय ५३ पालिकामै तालमेलका लागि भागबन्डा मिलाउन आजको बैठकमा सहमति हुने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । हिजो र अस्तिको बैठकमा भएको छलफलका आधारमा आज तालमेलको मोडालिटी तय गरिने छ ।मोडालिटी बनेपछि कुन दलले कहाँ नेतृत्व गर्ने भन्नेबारे निर्णय गर्न व्यावहारिक हुने छ । परिपक्क र विश्वासिलो तालमेल नभए प्रमुख प्रतिपक्षी दल एमालेसँग कमजोर हुने भन्दै सत्ता गठबन्धन अहिले तल्लो तहसम्मका नेता कार्यकर्तालाई बुझाउन केन्द्रित भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला