×

TUNGOON

हेर्नुहोस् आजको राशिफल


काठमाडौं । बैशाख ४ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज धार्मिक कार्यमा रुचि बढ्ने योग रहेको छ भने नजिकको व्यक्तिबाट कार्य पुरा नै हुने तथा घरपरिवारको भेटघाटले मन प्रसन्न पनि रहनेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज नयाँ ज्ञान सिक्ने मौका मिल्ने योग रहेको छ भने प्रशासनिक र राजनैतिक कार्यमा सफलता मिल्ने तथा साँझमा भने खर्च बढ्न सक्छ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्ने योग रहेको छ भने शुभकार्य र नयाँ कार्यको योजना बन्ने तथा पढाइ लेखाइमा विस्तारै प्रगति हुँदै जानेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज कुनै कुराले मनमा हर्ष, उमङ्ग र उत्साह छाउने योग रहेको छ भने मुद्दा मामिलामा विजयी प्राप्त हुने तथा स्वास्थ्य प्रति गम्भीर रहनु होला ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने योग रहेको छ भने आयआर्जनका क्षेत्र भने कमजोर नै रहला ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज पारिवारिक भेटघाट हुनुका साथै इस्टमित्रहरूसँग पनि मेलमिलाप हुने तथा शैक्षिक क्षेत्रमा राम्रै हुनुका साथै प्रेममा पनि सफलता पाइनेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने योग रहेको छ भने आफन्त र बन्धुबान्धवबाट सहयोग मिल्ने तथा प्रेमका कोपिलाहरू पक्रिएर जानेछन् ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज शरीर भारी र मन अस्थिर रहने संकेत रहेको छ भने राजनैतिक क्षेत्र कमजोर रहने तथा चुनौतीको सामना र स्वास्थ्यमा समस्या आउला ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज अग्रज व्यक्तिको सहयोग मिल्नुका साथै पारिवारिक सुख र स्वादिष्ट परिकारको अवसर मिल्ने तथा अनावश्यक बाहिर ननिस्केकै जाती ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
पुनर्मिलनको योग रहेको छ भने विश्वास गरेकाले साथ दिने तथा सामाजिक कार्य सफल हुनुका साथै स्वास्थ्यको ख्याल गर्नु होला ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्ने योग रहेको छ भने आर्थिक कारोबारमा मन्दी आउने तथा स्वास्थ्यमा समस्याका आउन सक्छ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्ने योग रहेको छ भने नयाँ ज्ञान सिक्ने मौका मिल्ने तथा न्यायिक कार्यमा सफलता मिल्नेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला