×

TUNGOON

ललितपुरमा भागवण्डा मिलाउने जिम्मा प्रदेशलाई दिने गठबन्धनको निर्णय


काठमाडौं । बैशाख ४ गते
ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र बागमती गाउँपालिकाको प्रमुखको उम्मेदवारी नेपाली कांग्रेसलाई दिने सहमति पाँच दलीय गठबन्धनमा जुटेको छ ।कांग्रेसका ललितपुर सभापति जितेन्द्र श्रेष्ठका अनुसार महालक्ष्मी र माहाँकालको प्रमुखमा कांग्रेस, माओवादी र समाजवादी तिनै वटा दलको दावी छ । उनले भने, ‘ललितपुर महानगर, गोदावरी नगर र बागमती गाउँपालिकामा नेपाली कांग्रेसलाई नै दिने सहमति बनेको छ ।’

निरन्तरको बैठकपछि ललितपुरको ५ दलीय गठबन्धनमा अन्य ठाउँको उम्मेदवारीमा सहमती नजुटेपछि प्रदेशलाई जिम्मा लगाउने भएको छ ।नेकपा एकीकृत समाजवादीका ललितपुर सहसंयोजक अमृतनाथ तिमल्सिनाका अनुसार शनिबार साँझको बैठकले सहमतिको जिम्मा प्रदेशलाई लगाउने निर्णय गरेको छ ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला