×

TUNGOON

पाल्पामा पाँच दिनदेखि बेपत्ता भएका बालकको शव फेला पर्यो


काठमाडौं । बैशाख ४ गते
पाल्पामा पाँच दिनदेखि बेपत्ता बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पाल्पाको बगनासकाली गाउँपालिका–८ घिमिरेडाँडाका ८ वर्षीय बालक शशी घिमिरेको डुबेर मृत्यु भएको हो। प्रहरीका अनुसार घरदेखि १ हजार ५ सय मिटर टाढा पर्ने खोल्सीको पानीमा डुबेको अवस्थामा बालक फेला परेको छ।

प्रहरीका अनुसार नजिकै खोल्साको पानीमा डुबेर मृत्यु भएको हो।पाँच दिनअघिदेखि हराएका बालकको खोजतलास गर्ने क्रममा घर नजिकै खोल्साको पानीमा डुबेर मृत अवस्थामा शनिबार फेला परेको प्रहरीले जनाकारी दिएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला