×

TUNGOON

एमालेलाई ठाटीकाँधमा उम्मेदवार छान्नै धौ–धौः


काठमाडौं । बैशाख ५ गते
नेकपा एमालेलाई दैलेखको ठाटीकाँध गाउँपालिकामा उम्मेदवार टुंगो लगाउन नै धौ–धौ परेको छ ।एमाले कर्णाली अध्यक्ष विनोदकुमार शाहले आफ्नी श्रीमती लक्ष्मीदेवी शाहलाई अध्यक्ष उम्मेदवार सिफारिस गर्नुपर्ने अडान राखे पछि गाउँ कमिटीले निर्णय लिन सकेको छैन ।

‘                                         

उम्मेदवार छनोट गर्न शाहले २९ चैतदेखि नै ठाटीकाँधमा डेरा जमाउनुभएको छ । उहाँले आफ्नी श्रीमतीलाई अध्यक्षमा सिफारिस गराउनकै लागि सिफारिस चुनाव पनि गर्न दिनु भएको छैन,’ पालिका कमिटीका एक सदस्यले भने, ‘उहाँ पूर्वराज्यमन्त्री पनि हो । उहाँ प्रदेश कमिटिको अध्यक्ष पनि हो । शक्ति देखाउन खोजिरहनुभएको छ ।’उम्मेदवारका लागि चुनाव भएमा लक्ष्मी पराजित हुने देखेपछि शाहले चुनाव बिना नै प्रदेश कमिटीमा सिफारिस गर्न दबाब दिइरहेका हुन् ।

ठाटीकाँधमा एमालेबाट अध्यक्षका लागि धीरबहादुर शाही, योगेन्द्रविक्रमराज थापा, अम्मरबहादुर शाही, कुमारविक्रम शाही, लक्ष्मीदेवी शाह, बखत भण्डारी, मनोज गौतम, अस्मिता शाही, शक्तिराम बुढा र बमबहादुर शाहीले दाबी गरेका छन् ।शाहले भने आकांक्षीको नाम प्रदेश कमिटीमा सिफारिस गर्न गाउँ कमिटीलाई भनिए पनि नमानेको बताए । ुउम्मेदवारका विषयमा मलाई श्रीमतीसँग जोडनु भनेको विचारको दिवालियापनबाहेक केही होइन,’ उनले भने ।उपाध्यक्षमा जैसरा विक, निर्मला शाही, कल्पना कठायत, कर्ण शाही, महेन्द्रबहादुर शाहीले दाबी गरेका छन् ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला