×

TUNGOON

बालिबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि


काठमाडौं । बैशाख ६ गते
देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आज र भोलि सञ्चालन हुँदैछ । ७५३ वटै स्थानीय तहमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन थालिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन थालिएको हो ।

७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य छ ।स्थानीय तहले विद्यालय वा नजिकको स्वास्थ्य केन्द्रबाट औषधि खुवाउनेछन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला