×

TUNGOON

अहिलेको सत्ता गठबन्धनले चुनावमा एमालेलाई असर नगर्ने विष्णु रिजालको भनाई


काठमाडौं । बैशाख ७ गते
पार्टी विभाजनको क्षतिपूर्ति अन्य दलबाट आउनेहरुबाट गरिएको नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले दाबी गर्नु भएको छ । आज बिहान सुर्खेतमा आयोजित स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै रिजालले पार्टी विभाजनका बाबजुद पनि आगामी निर्वाचनमा एमालेले राम्रो स्थान हासिल गर्ने विश्लेषण सुनाउनु भएको थियो ।

उहाँले रौतहट जिल्लाबाट चार मेयर, ६ उपमेयर र ३६ वडाअध्यक्ष एमालेमा आएको उदाहरण दिंदै यस्तो अवस्था अन्य जिल्लामा पनि रहेको दाबी गर्नु भएको छ । उहाँले अन्य दलबाट एमालेमा प्रवेश गरेका, परिचित चुनाव चिह्न र थपिएका ३५ लाख नयाँ मतदाताको आकर्षणका कारण एमाले सुविधाजनक स्थितिमा रहेको जिकिर गर्नु भएको छ । रिजालले अहिलेको सत्ता गठबन्धनले चुनावमा एमालेलाई असर नगर्ने बताउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला