×

TUNGOON

कांग्रेसलाई कुनै शक्तिको वैशाखी टेक्नु नपर्ने अवस्था रहेको शेखर कोइरालाको भनाई


काठमाडौं । बैशाख ८ गते
भ्रातृ एवं शुभेच्छुक संस्थालाई बलियो बनाएर कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बताउनु भएको छ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को ५३औँ वार्षिकोत्सवका अवसरमा नेविसङ्घ उपत्यका क्याम्पस एकाइले आयोजना गरेको ‘स्थानीय निर्वाचनमा नेविसङ्घको भूमिका र पार्टीको दायित्व’ विषयक अन्तरक्रियामा उहाँले भ्रातृ एवं शुभेच्छुक संस्थालाई बलियो बनाएर कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने बताउनु भएको हो ।

उहाँले कांग्रेसलाई कुनै शक्तिको वैशाखी टेक्नु नपर्ने अवस्था रहेको उल्लेख गर्नु भएको थियो ।उहाँले आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन सबै विद्यार्थी लाग्नुपर्ने बताउनुभयो । नेविसङ्घलाई पूर्णता दिएमात्र कांग्रेस बलियो हुने उहाँको भनाइ थियो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला