×

TUNGOON

गोकुल बाँस्कोटासँग निर्वाचन लड्ने चलचित्र निर्देशक मनोज पण्डितको घोषणा


काठमाडौं । बैशाख १० गते
आगामी संसदीय चुनावमा काभ्रेपलाञ्चोक क्षेत्र नम्बर–२ बाट एमाले नेता गोकुल बाँस्कोटासँग निर्वाचन लड्ने चलचित्र निर्देशक मनोज पण्डितले घोषणा गर्नु भएको छ । उहाँले स्वतन्त्र उमेदवारी दिने बताउनु भएको छ । उहाँले बाँस्कोटालाई चुनौति दिन आफूले उमेदवारी दिन लागेको बताउनु भएको छ । चुनावमा उठ्न बित्तिकै चुनाव नजितिने बताउँदै पछिका लागि नजिर बन्ने जिकिर गर्नु भएको छ ।

उहाँले भोलिका लागि नजिर बनोस भनेर पनि आफुहले उमेदवारी दिन लागेको र खराब प्रवृत्तिविरुद्धको विद्रोह भएको उल्लेख गर्नु भएको छ । खुलमखुला चुनाव लड्ने चुनौती दिएकाले आफूले उनीविरुद्ध चुनाव लड्ने निर्णय गरेको उहाँको भनाई छ । ७० करोड भ्रष्टाचारको आरोप लागेपछि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले पदबाट राजीनामा दिएका थिए । सेक्युरेटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा बाँस्कोटाले ७० करोड घुस मागेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका थिए ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला